Breaking

प्रधानमन्त्री पत्नीको निधनमा एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ ।