Breaking

प्रधानमन्त्री-पत्नीको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त


काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेका छन् ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान साढे ८ बजे सीताको निधन भएको हो । उनको निधनले आफू स्तब्ध भएको सभामुख घिमिरेले उल्लेख गरेका छन् । सभामुख घिमिरेले सीताप्रति श्रद्धाञ्जली र शोकाकुल प्रधानमन्त्रीको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु’, सभामुख घिमिरेले भनेका छन् ।