Breaking

सभापति देउवाले शीर्ष नेतालाई बोलाए धुम्बाराही


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

केन्द्रीय समिति बैठक बस्नुअघि बिहान ९ बजे धुमबाराहिस्थित निवासमा शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

शीर्ष नेताहरुको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल हुने छ । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि झण्डै एक वर्षपछि बैठक बस्न लागेको हो । गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।