Breaking

आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ – आज पनि देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्रममा कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पनि सम्भावना छ ।

अहिले बिहान पनि कोशीका थोरै तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थनमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना पनि छ ।

यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी तथा गण्डकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।