Breaking

चारबर्षअघि लुक्लामा मृत्युको मुखबाट बचेका क्याप्टेन गुरूङ सोलुमै अस्ताए


काठमाडौँ — मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपालीसहित ६ जनाको मृत्यु भएको छ । मृत्युको अध्ययनबारे छानबिन गर्न सरकारले समिति बनाउने भएको छ । हेलिकोप्टर उडाएका पाइलट चारबर्षअघि सोलुमै दुर्घटनामा परेका थिए । चारबर्षअघि सोलुखुम्बुकै लुक्लामा मृत्युको मुखमा पुगेर बचेका थिए, क्याप्टेन चेतबहादुर गुरुङ (सीबी) ।मंगलबार उनी सोलुमै अस्ताए । २०७६ को बैशाख १ गते एकाबिहानै लुक्का विमानस्थलमा उडान भर्न धावनमार्गमा गुडिरहेको समीट एयरको जहाज गुरुङले उडान थालेको मनाङ एयरको हेलिकोप्टरमाथि आएर बजारिएको थियो । यो दर्दनाक दृश्य हेर्नुहोस् ।

जसमा पाइलटसहित तीन जनाको मृत्यु भएको थियो । तर हेलिकोप्टरमाथि जहाज नै बजारिँदा पनि कास्कीका गुरुङ बचेका थिए ।घाइते भएका गुरुङ तीन महिना अस्पताल बसेपछि निको त भए । तर सोलुमै अस्ताउन लेखेपछि के लाग्यो ? मंगलबार उनै अनुभवी पाइलट गुरुङले उडाएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा दुर्घटनाग्रस्त बन्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलको दृश्य यस्तो छ ।

पहाडमा बजारिएको हेलिकोप्टर टुक्राटुक्रा परेको छ ।सुर्केस्थित हेलिप्याडबाट बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकोप्टर अन्तिम पटक १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्पर्कमा थियो । तर लामजुरा पास पुगेपछि एकाएक सम्पर्क टुट्यो । काठमाडौं टावरको सम्पर्कमा पुगिसक्नु पर्ने भएपनि हेलिकोप्टर हराएपछि खोजी कार्य सुरु भएको थियो ।जुन दिउँसो क्षतविक्षत अवस्थामा भेटिएको हो ।

दुईवटा हेलिकोप्टर दुर्घटनास्थलमा पुगेपनि खराब मौसमका कारण अवतरण नगरी फर्किएका थिए । दुर्घटनामा पाइलट गुरुङसँगै ५ जना मेक्सिकन नागरिक सदाका लागि अस्ताएका छन् । सवार पर्यटकहरुको अवस्था हेर्नै मुस्किल पर्ने खालको छ । तथापी हेलिकोप्टरमा आगलागी नभएपछि उनीहरुलाई चिन्न सकिन्छ । अहिले सरकारले दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ ।

नेपालका हिमाल हेर्न सोमबार लुक्ला गएका मेक्सिकन नागरिक मंगलबार बिहानै माउण्टेन फ्लाइट चढेका थिए । तर उनीहरु देश फर्किन नपाउने गरि हिमालकै एउटा कुनामा अस्ताएका छन् ।सरकारले हवाई क्षेत्रको सुरक्षामा कुनै सम्झौता नहुने दाबी गर्दै आएपनि विभिन्न कमजोरीका कारण यस्ता दर्दनाक दुर्घटनाले बेलाबेला दुखाउने गरेको छ ।