Breaking

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्तः पाँच वटा शव भेटियो


काठमाडौँ — मंगलबार बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको ९–एन–एमभी कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । दुर्घटनामा पाँच जनाको शव फेला परेको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान नभएको बताए ।