Breaking

सोलुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


काठमाडौँ – सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । पाँच विदेशी सहित एक चालक दलको सदस्य रहेको उक्त हेलिकप्टर सम्पर्कविहिन भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको (एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।