Breaking

सञ्चार मन्त्रालयका सचिव राउतलाई दुई दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका सचिव राउतलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
अदालतले उनलाई आइतबार र सोमबार हिरासतमा राख्न अनुमति दिएको हो।
आइतबार नै पक्राउ परेका पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरी घिमिरेलाई पनि दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरुलाई पनि अदालत बुझाइएको थियो।

आइतबार बिराटनगर जान लाग्दा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। बाबु विरामी भन्दै उनले दुई दिनको बिदा लिएका थिए। तर उनी देश छाडेर भाग्न लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो।