विदेश

उत्तर कोरियाले दिए अमेरिकी विमान खसाल्ने चेतावनी, वासिङ्टन योजनाको विरोध


काठमाडौँ — उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ । कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको विरोध गर्दै उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो । अमेरिका र उत्तर कोरियावीचको दुश्मनी नौलो हैन । अमेरिकाले उत्तर कोरियालाई ‘दुष्टहरूको अक्ष मध्येको देश मान्छन् । उत्तर कोरियाले अमेरिकालाई साम्राज्यवादी भन्दै ठुलो दुश्मन मान्छन् । दुवै देशबीचको तनावले कहिलेकाहीँ आणविक अस्त्रको प्रयोगको खतरा समेत निम्त्याउँछन् ।

शक्तिको दम्ब देखाउने अमेरिका विश्व संधै आफ्नो मुठ्ठिमा राख्न खोज्छन तर उत्तर कोरिया मान्न तयार हुदैँनन् । यी दुई देशको दुश्मनीले पछिल्लो समय उचाई लिएको छ । उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ । उसले कोरियाली प्रायद्वीप नजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको विरोध गरेको छ । संयुक्त राज्य अमेरिकाले युद्धकालको स्तरभन्दा बढी जासुसी गतिविधि तीव्र पारेको उत्तर कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका एक प्रवक्ताले बताएका छन् ।

अमेरिकी जासूसी विमानहरूले यस महिना लगातार आठ दिनमा उत्तेजक उडान गरेका छन् । एउटा जासुस विमानले पूर्वी सागरमा उत्तर कोरियाको हवाई क्षेत्रमा धेरै पटक घुसपैठ गरेको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् । प्रवक्ताले प्योङयाङले अमेरिकी विमान खसालेको विगतका घटनाहरूको हवाला दिँदै अमेरिकाले आफ्नो हवाई जासुसीको मूल्य चुकाउने चेतावनी दिए । वक्तव्यमा कोरियाली प्रायद्वीपमा अमेरिकी रणनीतिक आणविक सम्पत्ति तैनाथ गर्ने योजनालाई उत्तर कोरियाका लागि ‘सबैभन्दा अघोषित आणविक ब्ल्याकमेलिङ को संज्ञा दिँदै यसले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ ।

वासिङ्टनले गत अप्रिलमा दक्षिण कोरियाको बन्दरगाहमा दशकौंपछि पहिलोपटक भ्रमण गर्न आणविक हतियारले सुसज्जित ब्यालेस्टिक पनडुब्बी पठाउने घोषणा गरेको थियो । उत्तर कोरियाले यस वर्ष आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने र मे महिनामा सैन्य जासुसी उपग्रहलाई कक्षमा स्थापित गर्ने प्रयाससहित धेरै प्रतिबन्ध तोड्ने प्रक्षेपण गरेको छ । संधै टकरावको संकेतमा हुने यी दुई देश अमेरिका उदण्ड विरुद्ध परमाणु हतियार नै एक मात्र प्रतिरोधको उपाय उत्तर कोरिया ठान्छन् । यी दुई देशको दुश्मन कहाँ गएर टुङगिने हो अहिलेनै भन्न सकिने कुनै संकेत भने छैन ।