Breaking

कसले रोक्दैछ देउवालाई प्रधानमन्त्री बन्न ? ओली–देउवा मिलन कहाँ रोकियो ?


काठमाडौँ — गठबन्धनकै भरथेगमा प्रधानमन्त्री प्रचण्ड सत्तामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको काँध टेकेरै प्रधानमन्त्री प्रचण्डको सत्ता टिकिरहेको छ । सत्ता यात्राका लागि दाउ थापेर बसेका एमाले अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री पद नै अफर गरिरहेका छन् । तर, कांग्रेस सभापति देउवा भने ओलीको बोलीमा त्यतिकै विश्वास गरिहाल्ने पक्षमा छैनन्, पर्ख र हेरको स्थितिमा बसेका छन् । अझ प्रष्ट भन्दा देउवाले पटक पटक एमालेको अफर अस्वीकार गर्दै आएका छन । प्रचण्डलाई बोक्न किन बाध्य छन् देउवा ? राष्ट्रपतिको कार्यलय शीतल निवास संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसकै कब्जामा छ ।

सत्तासिन हुन बाटो ढुकेर बसेको प्रमुख प्रतिपक्ष नेकपा एमालेले कांग्रेस सभापति देउवालाई पटक पटक प्रधानमन्त्री पद नै अफर गरिरहेको छ । अर्थात प्रधानमन्त्री प्रचण्डपछि प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका कांग्रेस सभापति देउवाले चाहेमा तत्काल एमाले–कांग्रेसको समिकरण बनाएर सत्ता समीकरण बदल्न कुनै समस्या छैन । तर, देउवा ओलीको अफरमा अहिले नै राजी हुने पक्षमा छैनन्, सबै अवसर र विश्लेषणहरुको अन्देखा गदै चुपचाप प्रचण्ड नेतृत्वको मिलीजुली सरकारलाई काँध थापेर बसेका छन । चलाख र परिपक्व राजनीतिक छवि भएका देउवा यत्तिकै मौन भने बसेका होइन्न् ।

प्रचण्डसँगको राजनीतिक सहयात्रा देउवाको बाध्यता पनि हो तर अनुकुल वातावरण हुँदा हुँदै प्रधानमन्त्री पद अफरमै आउँदा समेत अस्वीकार गरेकोमा भने रहस्यमयी अड्कलबाजहिरु भईरहेका छन् । कांग्रेसबाटै आफूमाथि घेराबन्दी भईरहेको बुझेका देउवा पार्टीभित्र तत्काल आफ्नो वर्चस्व गुमाउन चाहँदैन, यसैको उपज उनी अहिले नै प्रधानमन्त्री हुनुभन्दा कांग्रेसभित्र आफ्नो दबदबा बढाउने रणनीतिमा छन् ।

सरकारले भ्रष्टाचारका फाईलहरु खोलिरहेको समयमा सत्ता समीकरण फेरबदलको राजनीतिमा लाग्दा आफूमाथि पनि भ्रष्टाचारी संरक्षकको ट्याग लाग्न सक्नेमा कांग्रेस सभापति देउवा सचेत छन् । अझ भनौँ, छिटो सत्ता समिकरण परिवर्तन गरेर अस्थिरता र भ्रष्टहरुमाथि संरक्षकको आरोप खेप्न देउवा चाहँदैनन् । तत्काल देउवा प्रधानमन्त्री बन्दा पार्टीमा शेखर कोइराला समूहको बर्चश्व बढ्ने चिन्ता पनि देउवामा छ । अर्कोतर्फ कांग्रेसमा आफूलाई ‘प्रभावशाली’ ठान्ने अझ देउवा गुटका नेताहरू सत्तामा छन । उनीहरु तत्काल सत्ता छोड्न तयार छैन्न । फलत उनीहरु पनि देउवालाई रोकिरहेका छन । अर्थात पार्टीपंक्ति कै असहयोगका कारण पनि देउवा तत्काल प्रधानमन्त्री बन्न असमर्थ छन् ।

कम्युनिष्टहरु धूर्विकृत हुँदा आफु फाइदामा रहेको देउवा बलियो एमालेलाई बोक्नुभन्दा कमजोर प्रचण्डलाई बोकेर सहज सत्ता साझेदार बनन चाहन्छन् । कारण प्रचण्डले प्रधानमन्त्री पद बाहेक अरु सबै कांग्रेसको पक्षमा निर्णय गरिरहेका छन् । आफ्नो पार्टी रित्तो बनाएर कांग्रेसलाई पद नै पदको वर्षा गराई रहेका छन । पार्टी जिर्ण बनाएर कांग्रेस पोष्न तयार छन । फलतः एमालेको छटपटीमा कांग्रेस वैगुनी बन्न बाध्य छन ।