Breaking

ओलीको निशानामा नारायणकाजी, बालेनको साथले तोडिएला घेराबन्दी ? के भयो डिनर छलफलमा ?


काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठर काठमाडौँ महानगर बालेन्द्र शाहविच पछिल्लो समय हिमचिम बढेको छ । काम गर्ने मेयरको छवि बनाएका शाह र धमाधम भ्रष्टचारको फायल खोलेर चर्चामा आएका श्रेष्ठविच काडिनर नै हुदाँ यसलाई चासोका साथ हेरिएको छ । जहाँ केहि विषयमा उनीहरु एक अर्का परिपुरक बन्ने अवस्था समेत रहदाँके श्रेष्ठ र शाह एक ठाँउमा उभिएका हुन त ? भ्रष्ट्रचारका फायल खोलेर चर्चामा रहेका उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले शनीवार सामाजिक सन्जालमा लेखे – जनताको पक्षमा काम गर्ने बालेन र मेरो सोच समान रह्यो ।

पोष्ट मार्फत नै काठमाडौ महानगर पालिकाका मेयर वालेन्द्र शाहसंग शुक्रबार डिनर गरेको प्रष्टाएका उनले त्यसमा वालेन्द्रको टिम नै सहभागी भएको समेत लेखेका छन । महानगरले थालेका विभिन्न काममा प्रत्यक्ष जोडिने मन्त्री र वालेनको भेट हुनु र छलफललाई निरन्तरता दिने समझदारी बनेको उनको पोष्टले अहिले विभिन्न कोणबाट विश्लेषण समेत सुरु भएको हो ।

भिडियो