Breaking

कोशी सरकार गठनको विवाद न्यायाधीश माथेमाको इजलासमा


काठमाडौँ – कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामखु समेतको हस्ताक्षरमा सरकार बनाउने काम गैरकानूनी भएको दावी गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदन न्यायाधीश माथेमाको इजलासमा परेको हो ।

एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । उनले आफूलाई नै प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राखेका छन् ।