Breaking

राष्ट्रिय सभा बैठक मंगलबारलाई सर्‍यो


काठमाडौँ – राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ । सोमबार ११बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११:०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।