Breaking

ललिता निवास प्रकरणः थप दुइजना पक्राउ


काठमाडौँ – ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई नियन्त्रणमा लिएको हो । ललितानिवास प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ परिसकेका छन् । यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएका छन् ।