Breaking

मिटरब्याज बिरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुद्धारा काठमाडौंमा प्रदर्शन


काठमाडौँ– मिटरब्याज बिरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ । संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानून पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । पीडितहरुले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानून निष्क्रिय भएसँगै मिटर ब्याजीहरु चलमलाएको उनीहरुले बताएका छन् ।