Breaking

लिङ्देनलाई हर्कको निम्तो : श्रमदान गर्न आउनुहोला माननीय


काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई श्रमदानका लागि आफ्नो नगरमा बोलाएका छन् ।

यसअघि शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका थिए ।

राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले पार्टीलाई हरेक स्थानीय तहसँग जोड्न धरान जाने बताएपछि मेयर साम्पाङले बोलाएका हुन् ।