काठमाडौँ – संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देशसहित टेबुल गर्ने कार्यतालिका छ ।
यस्तै, कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने छन् । गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८० माथिको दफाबार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
उक्त विधेयकमाथि प्राप्त संशोधनलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । र, मन्त्रीले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया