Breaking

देउवा–ओली तह लगाउँदै प्रचण्ड, यस्ता छन ओली गलाउने प्रचण्डको अस्त्र


काठमाडौँ — राजनीतिक अंकगणितमा कमजोर शक्ति माओवादी केन्द्र सत्तामा भने शक्ति केन्द्रमा छ । गठबन्धनको आडभरोषामा सत्ता सम्हालिरहेका प्रधानमन्त्री प्रचण्ड अनेक राजनीतिक अस्त्र प्रयोग गर्दै प्रतिपक्ष विफल बनाईरहेका छन भने सत्तापक्ष जोगाउन सफल छन ।

आफु नेतृत्वको सरकार जसरी पनि पाँच वर्ष टिकाई छाड्ने अठोट लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनलाई समेट्दै र प्रतिपक्षलाई तह लगाएरै सत्ता टिकाउन अनेकन रणनीति अपनाईरहेका छन । अनेक राजनीतिक अस्त्र फालिरहेका छन । ८९ सिटको कांग्रेस र ७८ सिटको एमालेसँग मुकाविला गर्न ५४ सिटको समाजवादी मोर्चा गठन गरे । समाजवादी मोर्चा ओली रहितको कम्युनिष्ट एकिकृत मात्र नभई मोर्चा मार्फत देउवालाई तर्साउन र ओलीलाई थप पेल्न प्रयोग हुने पक्का छ । प्रचण्ड समाजवादी मोर्चालाई थप सशक्त बनाउन सक्रिय छ । शनिवार मोर्चाको पहिलो वैठक समेत बसेको छ ।

प्रचण्डलाई आँखा चिम्लेर साथ दिईरहेका देउवालाई एमालेले प्रधानमन्त्रीकै अफर दिएर फकाईरहेको छ । प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्ता यात्रा गर्ने एमालेको रणनीति छ । एजेन्डा विहिन प्राय प्रतिपक्ष नेकपा एमाले अहिले प्रधानमन्त्री प्रचण्डको सरदार प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली पुगेको भन्ने अभिव्यक्तिमाथी टेक्दै एमालेले प्रधानमन्त्री प्रचण्डको राजिनामाको रटान लगाएको छ । लगातार सदन अवरोध गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डको पछाडि हात धोएरै लागेका छन ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले बबण्डर मच्चाईरहेका बेला आफ्नो सचिवालय मार्फत स्पष्टीकरण मात्र दिएन्न, गठबन्धनको समेत साथ जुटाउँदै संसदमा नै स्पष्टीकरण दिन प्रधानमन्त्री प्रचण्ड तयार भएको स्पष्ट पारेका छन । एमालेले सदन अवरोध गर्दा मिटरव्याजीले न्याय नपाएको प्रचारमा प्रचण्डका मन्त्रीहरु नै लागेका छन । प्रधानमन्त्रीको राजिनामा माग्दै लगातार सदन अवरोध गरिरहेको एमालेलाई भ्रष्टचार विरोधी रोक्ने प्रयासको रुपमा व्याख्य गर्न भ्याएका छन । गठबन्धनका दलहरु एमालेको संसद अवरोध र आक्रोशलाई सत्ता विमुखको छटपटी भएको विश्लेषण गर्छन ।

भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायत भ्रष्टचारका फाइल खोल्दा आफ्नो नेताहरु जोगाउन लागेकै कारण ओलीका प्रयासहरु निरन्तर असफल बनिरहेका छन् । पार्टीकै नेताहरुको असयोग, गठबन्धन भड्किने त्रास र मुख्यत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चरणबद्ध रुपमा दिईरहेको चुनौतिलाई चिर्दे प्रधानमन्त्री प्रचण्ड आफ्नो सत्ता यात्रा सुरक्षित राख्न चाहन्छन् ।