Breaking

प्रतिपक्षीबीच नै भिडन्त,रविले खोले ओलीमाथि फायर,दोहारो मारमा एमाले,कांग्रेसलाई फाईदा


काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गर्न एक ठाँउमा देखिएका तथा वैकल्पिक समिकरणका आधार मानिएका दलहरु नै भिड्न थालेका छन । जसले एकातर्फ कम्युनिष्टबाटै पेलानमा परिरहेको एमालेमाथि अर्को दवाव बढ्दा प्रचण्डमाथिको घेराबन्दी समेत कमजोर हुन थालेको छ । जहाँ सत्ताको चावी नै वोकेको कांग्रेस पर्ख र हेरमा रहदाँ दोहोरो भिडन्तमा रहेका कम्युनिष्टरुमध्ये पनि एमाले वढि मारमा पर्ने दृश्य देखिन थालेको हो ।

आफैले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेपछि वैकल्पिक समिकरणको आशा सहित प्रतिपक्षमा पुगेकाहरु नै अहिले भिड्न थालेका छन । भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीविरुद्ध तथा निर्वाचन कार्यालय खारेजीको विषयमा एकै ठाँउमा उभिएका तथा सरकार छोड्ने विषयमा समेत राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले एकै ठाँउमा उभिएका थिए । तत्कालिन समयमा रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानले काम गरेको चर्चाकाविचसंसदमा उठाउने मुद्धामा समेत एमालेको ईशारामा चलेको भन्दै आलोचित बनेको रास्वपा आलोचित भएको थियो ।

औचित्य पुष्टि नै नहुनेगरि प्रचण्ड सरकारबाट समर्थन फिर्ता लिने निर्णयलाई समेत नयाँ समिकरण निर्माणको खोजीकै रुपमा व्याख्या गरिदाँ नागरिकता विधेयकमा त सभापती रवि लामिछानेले वोली नै सच्याएका थिए । जहाँ प्रधानमन्त्रीको पछिल्लो विवादित अभिव्यक्तिका विषयमा समेत राप्रपा एमालेसंगै उभिदाँ रास्वपाले के गर्छ भन्ने चासो बढेको थियो । तर एमालेभन्दा फरक देखिने दवावमा रहेको रास्वपाले आफुले प्रधानमन्त्रीको राजिनामा नमागेको प्रष्ट पार्दा मिटरव्याज पिडित विरुद्धको विधेयक पास हुन संसद अवरुद्ध गरेको आक्षेप आउने खरातमा समेत रास्वपा थियो । फलत ः सभापती रवि लामिछानेले अहिले एमाले सहितलाई नै मुछेर अभिव्यक्ति नै दिएका छन ।

हुन त प्रचण्डमाथि घेराबन्दी गर्दा प्रधानमन्त्री बनाँउदा हस्ताक्षर गर्नेहरुमाथि पनि नैतिकताको प्रश्न उनीहरुमाथि नै उठ्ने एकाथरिको तर्ककाविच काठमाडाँै महानगरपालिका मेयर बालेन्द्र शाहले समेत सवै सांसद भारतीय गुलाम नै भएको आरोप समेत लगाएका थिए । जसले फुकि फुकि कदम चाल्ने अवस्थामा रास्वपा पुग्दा सभापति रवि लामिछानेले एक पटक फेरि सवै पुरानामाथि फायर खोलेको हुन ।

यता समाजवादी मोर्चा बनाएर कम्युनिष्ट घटकको नेतृत्व गर्ने प्रयासमा रहेका प्रचण्डमाथि दवाव बढाउनुपर्ने वेलामै आफैले काखि चेपेकाहरु भिड्न थालेपनि फायर नै खोलेको छ । यसले आफूमाथि नै दोहोरो प्रहार हुने र प्रचण्डप्रतिको घेराबन्दी कमजोर हुने वुझेकामहासचिव शंकर पोखरलेलले त साना दलनै अस्थिरताको कारण भएको भन्दै कांग्रेस फकाउने शब्द नै वोलेका छन । जसले सत्ताको चावि हातमा लिएर पनि मौन बसेको कांग्रेससंग एमाले मिलनको संकेत गर्दा रास्वपामाथि भने उनी खनिएका हुन ।

यसले कांग्रेसकै कारण नगल्ने प्रचण्डविरुद्ध लडिरहेको एमाले नयाँले बढाउन थालेको अर्को दवाव खेप्नुपर्ने अवस्थामा पुगेको छ । त्यस्तै समाजवादी मोर्चामा नाममा कम्युनिष्ट ट्यागमा समेत वलियो बन्ने प्रचण्डको तयारीमा समेत रोक्नुपर्ने अवस्थामा रहेको उसलाई नयाँ समिकरणका लागि कांग्रेस फकाउनुपर्ने बाध्यता समेत छ ।

जसले सवैभन्दा वढि पेलानमा अहिले एमाले नै देखिदाँ कांग्रेस भने प्रधानमन्त्री सहित छिट्टै सरकारमा जाने सुवर्ण मौका समेत नजरअन्दाज गर्दै कम्युनिष्ट धुव्रीकरणमै रमाईरहेको छ । यसले अहिले देखिएको दुई धुव्रको राजनीति तीन धुव्रमा बाडिएको प्रष्ट देखिदाँ प्रतिपक्षी सवैलाई समेट्न नसकेको एमाले र कम्युनिष्टको नेतृत्वमा पनि पुग्न नसक्ने तर एक हुन नदिने प्रचण्डकै कारण वामपन्थीनै संसदीय राजनितिबाट रिङ आउट हुनसक्ने खतरा बढेको नेकपाका अध्यक्ष ऋषी कट्टेलको तर्क छ ।

यहि वुझेको एमालेले आफू चौतर्फी घेराबन्दीमा परेको बताँउदै आएको छ । जहाँ आफैले फालेको अश्त्रमा असफलताको अर्को चोट व्यहोरेको उसले विगतमा प्रचण्ड वोकेकै कारण कांग्रेसको साथ समेत पाउन सकिरहेको छैन । त्यस्तै खुल्न थालेका भ्रष्ट्रचारका फाईलसमेत आफै केन्द्रीत बन्दा रन्थिनिएको उसलाई आफै सिर्जित यी सवै घेराबन्दी एकैचोटि तोड्न समेत सहज छैन ।