Breaking

एमाले तर्साउन फायल खोल्दै प्रचण्ड ! सरकारका कामले एमाले आत्तिएको आरोप, ओलीले दिए चुनौती


काठमाडौँ — सत्ता राजनीतिको आरोहअवरोहका विच विभिन्न प्रकरणका फाईल खोलेर वाहिवाहि कमाईरहका प्रधानमन्त्री प्रचण्डले त्यसलाई राजनीतिक प्रयोग गरेको आरोप समेत छ । जव संकट पर्छ मुद्धा उछाल्ने विषय आम नागरिकका लागि चर्चाकै विषय भएपनि यसले निष्र्कष दिनेमा धेरैको आशंका छन । काम गर्नका लागि प्रधानमन्त्री भएको भन्ने पुष्कमल दाहाल प्रचण्डको भनाईकै कारण तत्कालिन समयमा सरकारमा सहभागी भएको रास्वपाको दावी विच केहि प्रकरणका फायल समेत खुलीरहेका छन ।

जसको सुरुवात नक्कली भुटानी प्रकरणको फायलबाट सुरु हुदाँ ललिता निवास प्रकरणसम्म त्यो क्रम जारी छ । जसलाई लिएर आम नागरिकले समेत प्रचण्ड सरकारको प्रशंशा गर्दा ईतिहासमै धेरै भिआईपी जेलको हावा खाईरहेका छन भने जलहारी प्रकरण पनि टुङ्गोमा पुग्दै छ । त्यस्तै ललितानिवास प्रकरणका लहरोमा समेत धेरै लपेटिने दृश्य विकास हुदै गर्दा फायलहरुको राजनीतिक प्रयोगको समेत आशंका उब्जिएको हो ।

जहाँ गठबन्धनभित्रै वलियो बन्न र प्रतिपक्षीलाई तह लगाउनेगरि नक्कली भुटानी शरणार्थी प्रकरणको फायल खोलिएको आरोपका विच अपेक्षित भिआईपी नतानिनुले समेत यसलाई वल पुर्याएको छ । कांग्रेस र एमालेकै नेताहरुमात्र तानिदाँ प्रधानमन्त्री तथा गृहमन्त्रीले कसैलाई नछोड्ने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिलाई समेत छोरी कुटेर वुहारी तर्साउने उखानसंग तुलाना गरिएको थियो । लगत्तै सत्तामा केहि सहजताका महसुस गरेका प्रचण्डले वजेटमा आएको गाँठो फुकाउन ललिता निवासको फाईल अश्त्र प्रयोग गरेका थिए ।

अहिले एमालेको घेराबन्दीमा पर्दा फेरि ओम्नी र यति ग्रुपलाई सरकारी सम्पत्ती दिदा भएको अनियमतिताको फायल खुल्नसक्ने विश्लेषण गरिदा गोकुल बास्कोटाको फायल खुलेको हल्ला समेत चलेको छ । जसले गरेर वा हल्ला चलाएरै भएपछि प्रतिपक्षीलाई तह लगाउने चालवाजीमा सरकार देखिदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र सम्वृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधान गर्न आँट गरेको बताएका छन । सरकारकी प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त भ्रष्टाचारको फायल खोल्न थालेपछि प्रतिपक्षी अत्तालिएको नै बताएकी छिन् ।

जहाँ गोकुल बास्कोटा जस्ता नेताहरुले प्रमाण पुर्याउन सके जेलमा कोच्न खुल्लमखुल्ला चुनौती दिँदा टोपबाहादुर पक्राउ पर्नुमा समेत एमालेले राजनीतिक पूवाग्राहको संज्ञा दिएको थियो । त्यस्तै जलहारीको विषय संसद नै अवरुद्ध गरेर मिलाएका ओली अरु फायल खुले सत्ता गठबन्धनका पनि तानिनेमा ढुक्क देखिएका छन ।

यहि डरले अव फायल नखुल्ने र खुलेका फायलले पनि निष्कर्षमा नपुग्नेमा विश्वस्त देखिएका उनले ललितानिवास प्रकरणमा भइरहेको अनुसन्धान समेत सरकारको पोलिटिकल स्टन्ट मात्र भएको दाबी गरेका छन् ।उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत जनाएका उनले यसमा सत्ताघटककै नेता समेत तानिने बताए । उनले देशलाई अलमल पार्न अनेक प्रकारका भ्रम फिजाइएको समेत आरोप लगाएका छन ।

हुन पनि विगतमा समेत ठुला प्रकरणहरु नेता जोडिएसंगै अनुसन्धान नै ढिसमिस हुदै आएको उदाहरणका विच अहिले माओवादी मन्त्रीहरु काम गरेको देखाउने पक्षमा छन । संसदीय राजनीतिको त्यतिलामो ईतिहास नभएकै कारण आफ्ना नेता ठुला प्रकरणमा कम परेको फाइदामा समेत माओवादी रहदाँ यसले काम गरेको भाष्य निर्माणमा सहयोग पुग्ने विश्वासमा पनि छन । यता वरिष्ठ अधिवक्ता विष्णु भटट्राई समेत कालेकाले मिलेर खाँउ भाले भएको काण्डहरुका अनुसन्धान राजनीतिक स्वार्थपुर्ती भन्दा माथि उठ्न नसक्ने तर्क गर्छन ।

हुन त न पार्टी न आफ्नो व्यक्तित्व केहि पनि वाँकि नरहेपछि रन्थनिएका प्रचण्डमा देखिएको निर्णायक काम गर्ने जोशले समेत धेरै प्रकरण खुल्ने उनका पक्षधरहरु बताउछन । त्यस्तै विगतमा समेत राजनीतिक अपरिपक्वताले भएका साना तिना गल्तीमै सत्ताबाट हात धुुनुपरेबाट पाठ सिकेका प्रचण्ड प्रधानमन्त्री नै छाड्नु परे चुप बस्ने अवस्थामा नरहने विश्लेषण समेत छ । जसले उनीमाथि जनविश्वास समेत नबढाउला भन्न सकिन्न तर कसैलाई जोगाउने र कसैलाई जाक्ने रणनितिमा उनी अघि बढे त्यो अर्को प्रत्युत्पादक कदम नबन्ला भन्न सकिन्न ।