Breaking

मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध


काठमाडौँ — मुग्लिन नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । आज (शनिबार) दिउँसो ४ बजेतिर कालीखोला नजिक पहिरो गएकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानएको छ ।

अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक–पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो ।