Breaking

पशुमा बाँझोपन देखिएपछि किसानहरु हैरान, एकाएक घट्यो उत्पादन, चिकित्सकहरु गोठ गोठमा पुग्न थाले


काठमाडौँ — पछिल्लो देशका विभिन्न स्थानमा घरपालुवा पशु चौपायामा बाँझोपनकोसमस्यादेखा पर्न थालेको छ । मधेश प्रदेशमा पनि यसले गम्भीर समस्या निम्त्याउ थालेको छ । बाझोपनको देखा पर्न थालेपछि मधेश प्रदेशमा उपचार सेवा प्रदान गर्न पशु चिकित्सक घरघरमा पुग्न थालेका छन् । पशुमा बाँझोपनको समस्या देखिन थालेपछि पशुपालक किसान समस्यामा परेका छन् ।

मधेश प्रदेश लगायत मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो समय गाई, भैँसी तथा बाख्रामा बाँझोपनको समस्या देखिने क्रम बढेको छ । पशुमा बाँझोपनको समस्या देखिन थालेपछि किसानलाई पशुपालनबाट घाटा हुन थालेको छ । विषेशगरि गाई भैसीमा बाँझोपनको समस्या देखापरेपछि एकाएक उत्पादन घटेर गएको र लागत अनुसारको आम्दानी पनि नभएपछि किसानहरु के गर्ने भन्ने दुविधामा परेका छन ।

ढुंगानाको जस्तै समस्या अन्य दर्जनौं किसानको गोठमा पालिएका पशुहरुमा पनि बाँझोपनको समस्याले छाडेको छैन । यद्दपी मधेश प्रदेशका पशुपालक किसानले पालेका घरपालुवा चौपायामा बाँझोपनको समस्या देखिन थालेपछि पशु चिकित्सकहरु उपचार सेवा प्रदान गर्न किसानहरुको गोठ तथा पशु फर्ममा पुग्न थालेका छन् । सरकारले नै मातहतमा कार्यरत पशु डाक्टर तथा प्राविधिकहरु व्यवसायीक पशुपालन फर्महरुमा डोर टु डोर (बाँझोपन निवारण शिविर) संचालन गरेर सेवा प्रदान गर्ने गरिरहेका छन ।

पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिँदा बाँझोपनको समस्या हुने गरेको पशु चिकित्सक डा.गंगाराम यादव बताउँछन् । उनी भन्छन्, पशुहरूमा विभिन्न किसिमका विकृत यौनजन्य रोग हुनसक्छन्, योरोगले बाँझोपनको समस्या हुन्छ । यस्तै किसानले पशुलाई पोषिलो खानेकुरामा ध्यान नदिँदापनि बाझोपनको समस्या बढेको छ ।

पशु चिकित्सकका अनुसार उन्नत जातको पशुमा बढी बाँझोपनको समस्या देखिने गरेको छ । त्यसैले परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने पशु चिकित्सक बताउँछन्। नियमिति पशुको खाना र स्वास्थयमा परिक्षण गरिए ८० प्रतिशत पशुको बाँझोपनको समस्या निराकरण हुने उनीहरु बताउँछन् । पशुलाई पेटभर खान नदिदा नियमितरूपमा नाम्ले तथा जुकाको औषधि नखुवाउँदा पशुमा बाँझोपनको समस्या बढेकाले किसानले पशुपालनबारे ज्ञान लिनुपर्ने पशु चिकित्सक जोड दिन्छन् ।