Breaking

स्वदेश फर्किए नेपालीटोली, केहीखेलाडीको प्रदर्शन सम्झनालायक

yohokhabar

जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । शुक्रवार बिहान नेपालीटोली स्वदेश फर्किएको हो । छनोटमाआशाअनुरूपको नतिजानआएपनि टेस्ट खेल्ने राष्ट्रबिरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको नेपालीक्रिकेट टोलीका सदस्यहरुको प्रतिक्रिया छ । जिम्बाबेमा भएको विश्वकप छनोट खेलमा आशा अनुसारको नतिजा ल्याउन नसकेपछि नेपालीटोलीले टेस्ट खेल्ने राष्ट्रहरुविछ खेल्दा धेरै कुरा सिक्ने मौका पाए ।

सातौँ स्थानका लागि भएको खेलमा पनि झिनो अन्तरले पराजित भएको नेपाली टोली शुक्रबार स्वदेश फिर्ता भएको छ । फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन् । लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीहरूको प्रदर्शन सम्झना लायक रहेको उनले भनेका छन् ।

भारतमाहुने एक दिवसीय विश्वकपमा छनोट हुने लक्ष्य सहित जिम्बाबे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा नै स्थान बनाउन असफल रह्यो । सातौं स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयर ल्यान्डसँग साँघुरो अन्तर पराजित हुन पुग्यो ।

भिडियो