काठमाडौँ – कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गरेको विषयलाई लिएर माओवादी नेता नै असन्तुष्ट देखिएका छन् । सभामुख बाबुराम गौतमसहित जोडेर गठबन्धनले बहुमत पुर्याएपछि चौतर्फी आलोचना भइरहेको छ ।
प्रदेश सांसदहरूले नै सभामुखको हस्ताक्षरप्रति आलोचना गर्दै फेसबुकमा लेख्न थालेका छन् । माओवादीका प्रदेश कमिटी सचिव एवं प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ ले हुँदा छँदाको सभामुखलाई डुबाएर नर्क यात्राको सुरू गरेको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुँदा छँदाको सभामुखलाई डुबाएर नर्कको यात्रा सुरू गरे सत्ता लिप्सामा आशक्त भएकाहरूले !!’
उनको स्टाटसमा माओवादीनिकट पत्रकार एनके दाहालले लेखेका छन्, ‘कमिटी प्रणाली ध्वस्त बनाए । प्रदेशको जिम्मेवारीमा भएकाहरूले लड्नुस् या विद्रोह गर्नुस् । जहाँ पनि सत्ता लिप्सा, चाकडीबाज र व्यक्तिबाज ।’

प्रतिक्रिया