Breaking

एक्लिए प्रचण्ड ! ओलीले ढाल्लान् त सरकार ? किन मौन छ कांग्रेस ? रास्वपा पनि एमालेतिरै ?


काठमाडौँ — कमजोर धरालतमा टेकेर तेश्रो राजनीतिक शक्ति बनेको माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सबैभन्दा ठूलो दलको समर्थनमा प्रधानमन्त्री छन् । उनै प्रधानमन्त्री प्रचण्डमाथि एमालेले घेराबन्दी बढाएको छ । सम्भावित समिकरणमा कांग्रेस नै सहारा भएको बुझेको उसले प्रतिपक्षीलाई समेत एक ठाँउमा ल्याउँदा प्रचण्ड एक्लो अवस्थामै छन । जहाँ पछिल्लो अभिव्यक्तिविरुद्ध स्वयम कांग्रेसकै जिम्मेबार नेताहरु समेत देखिदा कतै नयाँ विकल्पको खोजी सवैको साझा एजेण्डा बनेको त हैन भन्ने प्रश्न समेत उठेको छ ।

बल्लतल्ल सत्ता सजहतातर्फ अघि बढेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै वोलीमा चिप्लिँदा घेराबन्दीमा परेका छन । जहाँ विगतमा जस्तो प्रतिरक्षा गरिदिने सत्तासहयात्रीका नेताहरु समेत विपक्षी कित्तामा उभिदाँ तथा एमालेले राजिनामा माग्दा यो अझ पेचिलो बन्ने देखिएको छ । यसअघि सत्ता गठबन्धनमै मनमुटावको फाईदा उठाँउदै बजेटमा उत्पन्न असन्तुष्टिलाई सत्ता यात्राको ढोका बनाउने आशामा एमाले थियो । जसमा समाजवादी मोर्चाले कांग्रेस समेत झस्किँदा दुवै पार्टीका दोश्रो तहका नेताहरु नयाँ समिकरणको खोजीमै लागि परेका थिए ।

पालो पर्खिएर बसेका कांग्रेस सभापती समेत यसमा लोभिने आशा गरिँदा कांग्रेसभित्रकै केहि तप्का र प्रचण्डको चतुर्याईंले तत्कालका लागि एमालेको सपनामाथि ब्रेक लाग्यो । जसले भारतभ्रमणताकै समेत प्रतिपक्षी एक ठाँउमा उभिएर घेराबन्दी सामना गरेका प्रचण्डलाई ठुलो सास फेर्ने अवसर दिएको थियो । तर केहि दिन नवित्दै भारतीय नागरिक प्रितम सिंहको प्रशंशामा भावुक बनेका उनले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले खेलेको भूमिकाको प्रशंशा गरेपछि अर्को मुद्धा विपक्षीलाई मिलेको छ । जसको खण्डनमा प्रधानमन्त्रीको सचिवायले विज्ञप्ती निकाल्नेदेखि स्वयम सिंहले समेत प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको प्रष्टिकरण दिईसकेका छन ।

तर भित्रबाटै रास्वपाको समेत साथ पाएको तथा तलमाथि परे प्रधानमन्त्री बन्ने बाटोमै रहेको कांग्रेस समेत चुप बस्दा एमालेले राजिनामालाई नै बटमलाईन बनाएको छ । फलत प्रधानमन्त्री प्रचण्डलाई स्वीकार गर्न नसक्ने प्रष्ट बताएका ओलीले त्यसका लागि आफूले समेत भूमिका खेल्ने भन्दैसंसदमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन नै दिएका छन् । यहि कारण जवाफ दिन तयार रहेको प्रचण्डलाई त्यसको अवसर नै नदिई ओलीले आफूले जवाफ नभई राजिनामा मागेको प्रतिक्रिया नै दिएका छन ।

राजनितिक परिदृश्यमा पछिल्ला समय विभिन्न प्रकरणको फाईल खोल्दा आफ्ना नेता डामिएपछि कांग्रेस र एमाले दुवै प्रचण्डसँग खुसि छैनन् । अहिले अभिव्यक्तिमै विरोध गर्ने आधार बन्दाएमालेको प्रचण्डमाथिको घेराबन्दीमा लाग्दा राप्रपाले समेत उसलाई साथ दिएको छ भने कांग्रेसका नेताहरु समेत उतैतर्फ देखिएका छन । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत प्रचण्डको अभिव्यक्तिलाई “आलोच्य” भनेका छन् । त्यस्तै अव बन्ने समिकरण समेत उनीहरुको विचकै समिकरण बन्ने अवस्थामा बन्दा प्रचण्ड भने भिडेरै जाने रणनितिमा देखिएका छन ।

जहा एमालेको विरोधको कारण अभिव्यक्तिको संवेदनशीलता मात्रै नभएर गठबन्धनभित्रको खटपट पनि भएको अवस्थामा प्रचण्डले माफी मागेर पनि समस्या समाधान नहुने अवस्था छ । यहि कारण ओली यो निर्णायक प्रहार हुनसक्ने आशामा रहदाँ माओवादीले पनि घेराबन्दी भएकै भाष्य निर्माणको रणनिति अघि सारेको छ । फलत ः मिटरब्याज पीडितहरुका लागि ल्याएको अध्यादेशलाई प्रातिस्थापन गर्न ल्याएको विधेयक फेल गराउन एमालेले संसद अवरुद्ध गरेको माओवादीको आरोपका विच मधेश प्रदेशमा ओली विरुद्ध प्रदर्शन नै भएको छ ।

एमालेकै कारण कानुन धरापमा परेको भन्दै मिटरव्याज पिडित सडकमा उत्रिएका हुन । जसले प्रचण्डको रणनिति केहि सफल हुने देखिदाँ ७ दलिय गठबन्धनको वैठक बसाएर दलवल समेत देखाएका छन । त्यस्तै सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राजीनामा नदिने स्पष्ट पारेको छ । हुन त यसअघि समेत वल्लतल्ल संकटमोचन गरेका प्रचण्डले फेरि अर्को काण्डको फायल खोलेर फायर खोल्ने रणनिति समेत बाँकि नै छ ।

जसमा विगतमा सफल देखिएका उनीयो पल्ट राजिनामा नदिने तर वारपार नै गर्ने मुडमा समेत देखिन्छन । जहाँ अभव्यक्तिकै कारण राजिनामा दिनेपर्ने दवाव नै कमजोर भएको भाष्य निर्माणमा लागि परेका उनी सत्ताघटक नै फकाउने बाटोबाट अघि बढेका छन । रास्वपाले राजिनामा नै नमागेको प्रष्ट बनाँउदा ओलीको अन्तिम लडाई कति सफल हुने कुरा समेत यसअघि असफल भएको कांग्रेसको दोश्रो तप्का कसरी अघि बढ्छ भन्ने विषयले समेत निर्धारण गर्ने छ ।