Breaking

भीआईपी धाउने एलओडी, बलात्कार प्रकरणले विवादित संचालक पक्राउ, कसरी हुँदैछ अनुसन्धान ?


काठमाडौँ — एलओडी विवादमा गएको जेष्ठ ३१ गते एलओडि छिरेकी १६ वर्षिया नावालिग बलात्कार भएको घटना सार्वजनिक भएसँगै एलओडीप्रति जनविश्वास घटेको छ । नावालिकमाथि बलात्कारको आरोपमा प्रहरीले पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको छ भने दुई सञ्चालकविरूद्ध पक्राउपुर्जी जारी भएको छ । सञ्चालक विरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

राजाहुन् कि रैती, नेताहुन कि कायकर्ता धित्तमारेर कम्मर मर्काउन पुग्ने ठाउँ हो,काठमाडौंको ठमेलमा रहेको एलओडी क्लव । एकताका समय पूर्वराजा ज्ञानेन्द्र शाहले एलओडी छिरेर कम्मर मर्काउदा राजनीतिक वृतमा चर्चा भएको थियो । पछि ज्ञानेन्द्रको चर्चा सेलाउँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पनि एलओडी छिरे । भिआईपीको लागि कन्फर्टेवल मानिएको एलओडी नागरिकका लागि भने असुरक्षित भएको छ ।

गएको जेष्ठ ३१ गते एलओडि छिरेकी १६ वर्षिया नावालिग बलात्कार भएको घटना सार्वजनिक भएसँगै एलओडी प्रति जनविश्वास घटेको छ । एलओडी छिरेकी उदयपुरकी १६ वर्षिया नावालिकमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको छ ।

लर्ड अफड्रिंक्स (एलओडी) युवाजमातको पहिलो रोजाईमा पर्ने नाईट क्वलहो, तर क्लवमा प्रवेश गर्ने नावालिक असुरक्षित भएपछि संचालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बलात्कारको घटना पछि प्रहरीले एलओडीक्लबलाई कारबाहीको दायरामा ल्याउनु पर्ने भन्दै दुई सञ्चालकविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति लिएको छ ।
कम्पनीको प्रबन्ध पत्रमा संचालकको रुपमा रहेका रूदिल बल्ल वश्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जि जारी भएको छ । यध्यपी प्रहरीले उनीहरूविरूद्ध केहीदिन अगाडि नै पक्राउ पुर्जी लिए पनि अहिले सम्म पक्राउ गर्न सकेको छैन ।