Breaking

नक्कली भुटानी शरणार्थी प्रकरणः ७ जनाको निवेदन उच्च अदालतमा दर्ता


काठमाडौँ — नक्कली शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दिएका छन् ।

फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दिनेमा पूर्व सांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्व सांसद डा.ईन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जन छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई थुनामा राख्ने आदेश गरेका थिए ।