Breaking

संविधान र कानूनको प्रतिकुल हुनेगरी विज्ञापन गर्न पाइँदैन: रेखा शर्मा


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनको प्रतिकुल हुनेगरी कुनैपनि कुराको विज्ञापन गर्न नपाइने बताएकी छन् । पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरीएको भन्दै यसले मानव स्वास्थ्यमा समस्या नै देखापरेको बताइन्। उनले के–के कुराको विज्ञापन गर्न पाइने र के–के कुराको विज्ञापन गर्न नपाइने हो भन्ने कुरामा कडाइ हुनुपर्ने बताइन् । यद्यपि यस सम्बन्धमा कानूनी व्यवस्था भए पनि कानूनी दायरा र सजायको पाटो भने कमजोर भएको उनको भनाइ छ ।

उनले भनिन् ‘कतिपय गलत विज्ञापनका कारणले गर्दा मान्छेका ज्यान जाने कुराहरु पनि छन् भन्ने देखिन्छ । पछिल्लो समयमा के देखिन्छ भने स्वास्थ्य सँग सम्बन्धित, औषधिका विज्ञापन । डिजिटल माध्यममा आएका विज्ञापनले गर्दाखेरी औषधिको सेवन पनि गर्ने गरेको देखिएको छ । त्यसकारणले के–के कुरा विज्ञापन गर्न पाइन्छ ? के–के कुरा पाइदैनँ ? भन्ने कुरामा कडाइ हुनु जरुरी हुन्छ ।