देश

राष्ट्रिय अनुसन्धान विभागका सूचक पौडेल बलात्कार आरोपमा पक्राउ


काठमाडौँ — राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेल पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एसपी सीताराम रिजालका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको छ ।