Breaking

एसइई नतिजा सार्वजनिक


काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘नतिजा सार्वजनिक भइसक्यो, विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने छन् ।

एसइई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए । बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीले नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी बोर्डले व्यवस्था गरेको छ। बोर्डका अनुसार परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ ।

त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । बोर्डले नतिजाका हेर्नका लागि बोर्डअन्तर्गतको कक्षा-१० को परीक्षा नियन्त्रण कार्यालयको बेवसाइट www.see.gov.np मा पनि हेर्न सकिने जनाएको छ ।