खेलकुद

केलियन एम्बाप्पे पिएसजी बस्न चाहे नयाँ सम्झौता गर्नुपर्ने


काठमाडौँ– पेरिस सेन्टजर्मेन (पीएसजी)काअध्यक्षनासिर अलखालिफाले क्लबमा बस्ने भए केलियनएमबाप्पेले नयाँ सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बताएका छन् । नयाँप्रशिक्षकलुइस एनरिकेलाई सार्वजनिकगर्न आयोजितपत्रकार सम्मेलनमाखालिफाले एमबाप्पेबारे बताएकाहुन् । प्रशिक्षकक्रिस्टोफ गाल्टियरलाई बर्खास्त गरेपछिपीएसजीले नयाँप्रशिक्षकको रुपमाएनरिकेलाई अनुबन्ध गरेको छ ।२४ वर्षका एमबाप्पेले पीएसजीलाई सन् २०२४ सम्म रहेको आफ्नो सम्झौतानलम्ब्याउने बताएकाछन् । एमबाप्पेसँग अर्को सिजन सकिने सम्झौतालम्ब्याउने विकल्प समेत छ । तर,उनीफ्रान्सेलीक्लबको बसाई सन् २०२४ पछिलम्ब्याउने सोचमा छैनन् । एमबाप्पे सन् २०१७मालोनमामोनाकोबाटपीएसजीआएकाथिए । त्यसपछिपीएसजीले १ सय ८० मिलियन युरोमाउनलाई स्थायी खेलाडीबनाएको थियो । उनले क्लबकालागि२ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् । उनीलिगवानको पछिल्लो ५ सिजन सर्वाधिकगोलकर्ता बनेका छन् । उनले पछिल्ला ६ सिजनमा ५ पटकपीएसजीकालागिलिगउपाधिजितेका छन् ।