Breaking

भीआईपी भ्रष्टचारीलाई जेल हाल्न प्रधानमन्त्री बने, सुदन किराँतीलाई किन हटाउँदैछन प्रचण्ड ?


काठमाडौँ — संसदीय अंकगणितमा सदनको तेस्रो शक्ति माओवादी केन्द्रले सत्ताको नेतृत्व गरिरहेको छ । गठबन्धनकै आडभरोषामा सत्तासिन प्रचण्ड सर्वश्व सुम्पिरै सत्ता साझेदार दलहरु रिझाउन उदत्त छन् । फलतः भ्रष्टाचारका ठुला काण्डहरुको भण्डाफोरले सर्वत्र वाह वाई बटुलिरहेका प्रचण्ड सरकार आफ्नै पार्टीपंक्तिको वेवास्तामा पर्नु आफैंमा सोचनिय विषय बनेको छ । नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको बाटो खुलेको कोशी प्रदेशमा गठबन्धनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेको छ ।

कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने महत्वकांक्ष मात्र नभई दावी समेत गर्दै आएको माओवादी केन्द्रले कोशीको नेतृत्व गर्ने अवसर कांग्रेसको पोल्टामा पारिदिएको छ । संसदीय अंकगणितमा सदनको तेस्रो शक्ति भएर पनि सत्ता समिकरण मिलाउँदै प्रधानमन्त्री पद हत्याएका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अन्य धेरै अवसरहरुमा सम्झौता गर्दै आएका छन् ।

आफ्नो पद जोगाउन र सत्ता साझेदार दलको चित्त बुझाउनकै लागि यसअघि उपराष्ट्रपति, उपसभामुख पद समेत त्याग नगरेको होइन । सिके राउतलाई सत्तामा ल्याएर अझ मजवुद बन्न माओवादीकै भागमा परेको मन्त्रालय सिके राउतलाई सुम्पिने तयारीसमेत प्रधानमन्त्री प्रचण्डले गरेका छन् । पर्यटनमन्त्री सुदन किराती प्रचण्डको निशानामा रहेको चर्चा भईरहेको छ । अन्तराष्ट्रिय रुपमा मात्र नभई राष्ट्रिय राजनीतिमा मौलाएको राजनीतिक प्रवृतिको सामना गर्दै मुलुकको व्यवस्था जोगाउन र जनजीविकामा आमुल परिवर्तन ल्याउन आफ्नो नेतृत्वको विकल्प नै नदेखेका प्रचण्ड जुनसुकै हालतमा सत्ता टिकाउन चाहान्छन् ।

प्रचण्ड सरकारको ६ महिना वित्यो । यो अवधिमा केही प्रकरणले वाह वाई पाए भने त्यो भन्दा चर्को आलोचनाको सामना गर्नुपर्यो । केहि कहलिएका भ्रष्टचार प्रकरणको भण्डाफोर गरेर केहि आशा जगाएपनि त्यसको निचोड ननिस्किँदा उनले अझै विश्वास जित्न सकिरहेका छैनन् । प्रतिपक्षमा रहेका रवि लामिछाने, राजेन्द्र लिङदेन जस्ता वैकल्पिक पात्राहरुले उनको कामको प्रशंसा गरिरहँदा आफ्नै पार्टी पंक्तिले अपनत्व ग्रहण गर्न सकेको देखिँदैन । माओवादीभित्रका केन्द्रिय र चर्चित नेताहरु प्रचण्डले गरेको कामको नत प्रशंसा गर्छन नत प्रचार । पार्टीकै नेताहरु यो तथ्य स्वीकार गर्न तयार छन ।

राजनीतिक अंकगणितमा कमजोर माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा आफै संकटपूर्ण अवस्थामा छ । अनेक संकटको सामना गर्दै गठबन्धनको चित्त बुझाउँदै प्रचण्ड सत्ता टिकाई रहेका छन । माओवादीका नेताहरुमा पदको मोह मात्र होइन गुटगत राजनीतिका कारण पनि पार्टीपंक्तिले प्रचण्ड विस्तारै खस्किएको विश्लेषण कतिपयको छ ।

प्रचण्डको प्रधानमन्त्री पदले राष्ट्रिय राजनीतिमा निर्णायक माओवादी केन्द्र अन्य सबै पदबाट हात धोईरहेका छन । प्रधानमन्त्री पद जोगाउन प्रचण्डले माओवादीको भागमा परेको एकपछि अर्को पद गुमाईरहेका छन् । जसका कारण सत्ता साझेदार दल जति खुशी छ पार्टीभित्र असन्तुष्टि र विद्रोहको विष्फोटन हुने डर त्यति नै बढ्दो छ । अरुलाई चित्त बुझाउँदा आफ्नै पार्टी थप भद्रगोल र जिर्ण बन्दै गएको छ । आफ्नो कामले जनमत बढाएको विश्लेषण गरिरहँदा संगठन नै नजोगिए के होला ? भन्ने चर्चा पनि सुनिन थालेको छ ।