काठमाडौँ — विगतका राष्ट्रपतिको कार्यशैलीबाट वाक्क आम नागरिकका विच सादगी छवी बनाएर चर्चा बटुलेका रामचन्द्र पौडेल खुईलिन थालेका छन । राष्ट्रपति भएबाटै निरन्तरजसो अस्पतालमै वास भईरहेका उनका निकटस्थले यर्थाथपनि बाहिर नल्याउने अनि राज्यश्रोतबाट पैसा पनि लिने गर्न थालेपछि पौडेल आलोचनाको शिकार बनेका छन् । अर्थात नराम्रो पनि हुन नखोज्ने तर दोहोरो चरित्र देखाउने उनका आसेपासेको प्रवृत्ती प्रश्नको घेरामा परेको हो ।
नेपालमै उपचार हुनसक्ने चिकित्सकहरुको सुझावका विच पनि उपचारका लागि भारत लगिएपछि प्रश्नको घेरामा परेका राष्ट्रपति रामचन्द्र पौडेल आफ्नै वचनमा नअडिएको भन्दै आलोचनाको शिकार भएका छन । एकातर्फ साधारण समस्या पनि भन्ने अनि जम्बो टोली समेत लिएर विदेश जाने गरेपछि त्यतिवेलै उनको उपचार खर्चबारे प्रश्न उठेको थियो ।
स्वयम कांग्रेसकै महामन्त्री गगन थापाले समेत राष्ट्रपतिको उपचार खर्च आफैले व्यहोर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिदा पौडेलेलाई भारत लग्दा सरकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने प्रावधानलाई समेत सो समय वेवास्ता गरिएको थियो ।
जसले प्रक्रिया पनि नपुग्ने र सादगी छवीमा पनि धक्का पुग्ने अवस्था आएपछि उनको सचिवालयले १९ वैशाखमा एउटा वक्तव्य जारी गर्दै ‘उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको बताएको थियो । तर अहिले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख २ हजार २७९ रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयका लेखा शाखाका उपसचिव भेषप्रसाद भुर्तेलले अर्थ मन्त्रालयमा लेखेको पत्रमा बाहिरिएपछि वास्तविकता छताछुल्ल भएको हो ।
जुन पत्रले राष्ट्रपतिले उपचार खर्च चुक्ता गर्न यसबीचका दुई महिनामा कुनै पहल नै नगरेको प्रष्ट भएको छ भने उनको सचिवायको दोहोरो चरित्र समेत बाहिर आएको छ । जसको विरोधमा प्रतिपक्षीले कुरा उठाँउदा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एक रुपैया उठाउने अभियान नै थालेको छ ।
हुन त विगतका राष्ट्रपतिको राजसी ठाँट र सवारीप्रति बढ्दो जनआक्रोशका विच राष्ट्रपति बनेका पौडेलको सादगी त्यतिवेला चर्चाको विषय समेत बनेको थियो । सवारीमा हुने तामझाम हटाउन आफैंले सक्रियता लिएका उनी आलोचित हुने डरले एक–एक कदम फुकि फुकि चाल्ने रणनितिमै थिए । तर उपचारकै विषयबाट उछालिएको उनीप्रतिको असन्तुष्टि नागरिकता विधेयकको प्रक्रियामा देखिएको अक्षमताले छताछुल्ल भएको थियो ।
जसले आलोचित हुने डरले वास्तविकता वाहिर ल्याउन नचाहिने वरु गुमराहमा राख्ने सचिवायकै कदम पौडलेका लागि घातक बन्न थालेको हो । त्यस्तै उनको उपचारको विषयमा समेत स्वास्थ्यस्थितीबारे यर्थाथता थाहा पाउनुपर्ने आम नागरिकको ईच्छा विपरित रोग पनि लुकाउने र राज्यश्रोतकै प्रयोग गर्न खोज्ने प्रवृत्तीले चाहिने भन्दा बढि नै यो विषय उछालिएको हो ।
त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले व्यहोर्ने उल्लेख छ ।यसरी, राष्ट्रपति वा उपराष्ट्रपति अस्पताल भर्ना भई उपचार गराउँदा कुरुवा बस्नुपर्ने भएमा कुरुवा खर्च बापत तीन जनासम्मको मनासिब खर्च सरकारले उपलब्ध गराउने पनि उल्लेख गरिएको छ ।
जहाँ निरन्तरजसो अस्पतालमा बसिरहेका उनीमाथि आर्थिक व्ययवभार परिरहेको समेत छुपेको छैन भने उनको स्वास्थ्यस्थिती गम्भिर तहकै त हैन भन्ने आशंका समेत गरिएको छ । जसको यर्थाथता वाहिर ल्याए उपचार खर्चकै सवालमा समेत आम नागरिकको सहानुभूति रहने आधार समेत गुमाएर एकपछि अर्को गल्ती सुधारको बाटोमा लागेपछि उनको सचिवालयको हालत समेत प्रष्ट हुन थालेको छ ।
वर्तमान व्यवस्थाप्रति नै नेताहरुको शैलीले प्रश्न उठिरहेका वेला त्यसैको संरक्षकको हैषियतमा राष्ट्रपतिमाथि पनि आक्रोश उत्पन्न हुन अस्वभाविक पनि हैन । जसमा यस्ता असन्तुष्टि कम गर्न भन्दा राजा नै भएजस्तो महसुस गर्ने र पदबाट बाहिर गएपछि पनि राज्य श्रोत लुट्न नछोड्ने विगतबाटैको प्रवृत्तीको धङधङका विच पौडेलबाट चमत्कारकै आशाले समेत यसमा भूमिका खेलेको छ । जसलाई उनको सादगी ट्यागले केहि न्युनिकरण गर्ने आशा गरिएपनि आफ्नै कारण उनीपनि भडखालो तर्फ अघि बढ्दै छन ।


प्रतिक्रिया