Breaking

प्रचण्ड सरकार ढाल्दै ओली ! के एमालेले भारतकै ईशारामा प्रधानमन्त्री बनायो ? संसदमा तनाव


काठमाडौँ — आफ्नो तेश्रो कार्यकालको ७ औ महिनासम्मको अवधीमा निकै आरोह अवरोह पार गर्दै अघि बढेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि प्रतिपक्षीको घेराबन्दीमा परेका छन । पछिल्ला अश्त्र सफल हुदाँ वलिया देखिदै गएका उनी आफ्नै वोलीका कारण अफठ्यारोमा परेका हुन । अर्थात के निउ पाँउ कनिका बिकाउँको अवस्थामा रहेका प्रतिपक्षीलाई प्रधानमन्त्री प्रचण्डले अभिव्यक्ति दिएकोमा एक पटक फेरि प्रतिपक्षी दलहरु एक ठाँउमा उभिने अवसर मिलेको छ ।

पछिल्लो समय सत्तामा वलियो बन्दै गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्विरुद्ध संसदमा प्रतिपक्षी एक ठाँउमा उभिएने अवसर मिलेको छ । भारत भ्रणणपछि यहि अवस्थाले आछुआछु भएका उनी त्यतिवेला वल्लतल्ल बचेर अघि बढेपनि फेरि उस्तै भड्खालोमा जाकिए, त्यो पनि आफ्नै वोलीले ।काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको भन्दै दिएको अभिव्यक्तिको विरोधमा एमालेले बुधबार सवै प्रतिपक्षीलाई प्रधानमन्त्री विरुद्ध घेराबन्दीमा उतार्यो ।

संसद सुरु हुनासाथ उभिएर विरोध गरेका एमाले सांसदहरुले प्रधानमन्त्रीको राजिनामा नै माग्न भ्याए । प्रधानमन्त्रीलाई लेन्डुप दोर्जेको नेपाली संस्करण संज्ञा समेत दिएका उनीहरुकै कारण संसद नै स्थगित हुन पुग्यो । प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको अडान छ । संसदमा वोल्दै सांसद रघुजी पन्तले त प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले सिंगो नेपालको मन रोएको र स्वाभिमान गिरेको नै बताए । सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको भन्ने बताएका उनले वीर सपुतहरूको सन्तान रहेको भन्दै प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो हुन नसक्ने बताए।

यसै पनि मुद्धाविहिन भईरहेको प्रतिपक्षी र नेपालको सरकार विदेशी शक्तीले बनाउने भाष्यका विच प्रधानमन्त्री प्रचण्डले सोमबार दुवैलाई मसला हुने अभिव्यक्ति दिए । सिंहकी छोरी किरण दीप सन्धुले लेखेको ’रोड्स टु द भ्याली’ पुस्तकको विमोचन गर्न प्रचण्ड याक एन्ड यती पुगेका उनले सिंहको प्रशांसा गर्ने क्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनले खेलेको भूमिकालाई सम्झिएका थिए। वोल्दा वोल्दै मन नखोली बस्नै नसक्ने प्रवृत्तीका उनले कार्यक्रममा भारतीय नागरिक प्रितम सिंहको पनि मन खोलेरै प्रशंसा गरेका थिए ।

पेशाले पाईलट र नेपाली यातायात क्षेत्रमा पायोनिरकै रुपमा रहेका सिंहसंग शान्तीपूर्ण राजनीतिमा आएबाटै संगतमा रहेको बताएका उनले पम्पा भुसाल त्यसको साघुँ भएको तर्क गरे । यतिमात्रै होइन, प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन पनि उनको ठूलो देन रहेको भन्न भ्याए । त्यहि अभिव्यक्तिले प्रधानमन्त्री प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । प्रचण्डलाई प्रितम सिंहले बनाएका प्रधानमन्त्रीको रुपमा एमालेका उपमहासचिव विष्णु रिमालले अथ्याउन भ्याएका छन् ।

बुधवार सम्पन्न एमालले संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको थियो भने यहि निर्णयका आधारमा संसद अवरुद्ध गरेका थिए । विचमा सभामुख माओवादी कि सांसद छिरिङ ल्हामु लामालाई वोल्ने समय दिएपछि एमाले राप्रपाका सांसदहरु नारावाजीमा उत्रिएका थिए ।विचमा पालैपालो समय दिने सभामुखले बताँईरहदाँ राप्रपाका सांसदहरु रोष्टम नै घेर्न पुगे ।

तर यो सरकार निर्माणको जस भने अहिले पनि एमाले अध्यक्ष ओलीले नै खाईरहेका छन् । फलत ः प्रधानमन्त्रीलेको वोलीमाथि प्रश्न उठाएको एमालेमाथि पनि नैतिक प्रश्न भने उठेको छ । कांग्रेसको पेलानमा परेका प्रचण्डलाई वालकोट वोलाएर प्रधानमन्त्री दिएका उनले के को आधारमा प्रधानमन्त्री बनायो ? जसमा भारतको हात रहेको भन्ने प्रचण्डको घुमाउरो स्वीकारोक्तीका विच एमाले किन त्यसको मतियार बन्यो प्रश्न उसप्रति तेर्सिएको छ ।

त्यस्तै त्यहि सरकार निर्माणमा गठबन्धनको हिस्सा रहेको राप्रपा समेत यो प्रंश्नमा तानिदाँ कोशी प्रदेशमा मुख्यमन्त्री माग्दै केन्द्रमा भने सरकार विरुद्ध नै उत्रिएको दृश्य समेत बढो गज्जब को छ । जहाँ यी यावत प्रश्नलाई नजर अन्दाज गर्दै प्रचण्डको वोलीलाई मात्रै उछाल्ने मुडमा देखिएका ओलीले अव प्रधानमन्त्रीको जवाफ नभई राजिनामा चाहिएको बताएका छन ।

हुन त आफ्नै वोली प्रचण्डलाई भारी परेको यो नै पहिलो घटना भने हैन । लडाकुहरुको संख्याका वारेमा उनले वोलेको अडियो होस कि भारतलाई कम्फरटेवल हुने सरकार निर्माण हुनेपर्ने बताएको प्रसङ्ग होस वोल्दा वोल्दै वहकिने उनको स्वभाव घातक बन्दै आएको छ । जहाँ जनयुद्धमा मारिएका पाँच हजारको जिम्मा लिने सार्वजनिक अभिव्यक्तिले सर्वोच्च अदातलमा उनी विरुद्ध रिट नै दर्ता हुदाँ पछिल्लो अभिव्यक्तिले उनी फेरि घेराबन्दीमा परेका हुन ।