Breaking

प्रधानमन्त्रीले राजिनामा नदिए बैठक चल्न नदिने एमालेको घोषणा


काठमाडौँ — नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । एमाले सांसद रघुजी पन्तले प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्ड आफ्नो अभिव्यक्तिका कारण पदबाट राजीनामा दिनुपर्ने बताए । ‘नैतिकताका हिसाबले उहाँले पदमा बसिरहनु उपर्युक्त हुँदैन ।

उहाँले राजीनामा पर्नुस्। दलहरुले छलफल गरेर प्रधानमन्त्री बनाउनूस् । तर, दिल्लीतिर नफर्कने नेपाल र नेपाली माटोमा फर्किने प्रधानमन्त्री बनाउनूस् । यो देशको गरिमालाई रक्षा गर्न सकोस्,’ उनले भने । एमालेको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् ।