Breaking

सिन्धुपाल्चोकसहित १२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव


काठमाडौँ – आज सिन्धुपाल्चोकसहित १२ जिल्लाका खोलारनदीमा आउने बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही खोलारनदीमा आकस्मिक बाढीको जोखिम देखिएको हो।

महाशाखाले चेतावनी दिँदै भनेको छ-सतर्कता अपनाऔँ।