Breaking

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)


काठमाडौँ –  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने सम्भावित कार्यसूची रहेको छ । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

11688520351.JPG

आजै राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।