Breaking

गायक रविन तामाङको निधन


काठमाडौँ – चर्चित गायक तथा सङ्गीतकार रविन तामाङको निधन भएको छ । 

उनकी दिदी भगवती तामाङले रविनको निधन भएको बताएकी छन् ।

उनी मंगलबार बूढानीलकण्ठस्थित आफ्नै घरमा मृतावस्थामा फेला परेका थिए । दर्जनौँ गीत गाएका रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एण्ड द न्यू रेभोलुसन’ ब्याण्डका भोकलिस्ट पनि हुन् ।

आफन्तकाअनुसार उनको शवलाई पोस्टमार्टमका लागि अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

गायक तामाङले छड्के, मुखौटा, जय परशुराम, चिसो एस्ट्रे लगायत एक दर्जन भन्दा धेरै चलचीत्रमा समेत अभिनय गरेका छन् ।