Breaking

बलियो प्रचण्डका अघि निरीह कांग्रेस, भताभुङ्ग पार्टी बनाउने देउवालाई किन बोक्दै छन् शेखर ?


काठमाडौँ —सरकार र पार्टी दुवैमा एक प्रकारको उत्साह ल्याउन माओवादी सफल हुदाँ गठबन्धनमै मोर्चाको दवाव खेपिरहेको कांग्रेस भने अलमलमा परेको छ । आन्तरिक रस्साकस्सीले पार्टी भित्रै असन्तुष्टि बढ्दा सरकारको जसअपजसमा समेत काग्रेस परै देखिएको हो । जसले ओलीको समेत व्यंग्य गर्ने स्थितीमा पुग्दा कांग्रेस के गर्दै छ त ? एमालेबाट माओवादीलाई आफ्नो गठबन्धनमा ल्याएपछि ठुलो सास फेरेका कांग्रेस सभापती शेरबहादुर देउवा त्यसपछि चुपचापकै अवस्थामा छन ।

गठबन्धनभित्रै समाजवादी मोर्चा गठनदेखि सरकारमा समेत काम देखाएर पार्टीप्रतिको कार्यकर्ताको विश्वास आर्जन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अघि बढ्दा देउवा उनका लागि ढाढस बनेर मात्रै उभिएका छन । गठबन्धनको ठुलो दल भएकै कारण सरकारका कामको जसअपजस पाउनुपर्ने भएपनि प्रचण्ड र नारायणकाजीकै चर्चाकाविच कांग्रेसका मन्त्रीमात्र नभएर पार्टी समेत कोशै पर देखिएको हो ।

जुन अवस्थालाई ईगित गर्दै महामन्त्री गगन थापालेसत्ताबाहिर बस्नुपर्छ भन्ने डरले कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन । जहाँ प्रचण्डको यो दबदबाकाबीच एमाले–कांग्रेस वैकल्पिक समिकरणको चर्चा समेत चलिरहेका वेला एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत कांग्रेस नेताहरु वोल्नै डराउन थालेको व्यंग्य सुरु भएको छ ।

अर्थात प्रमुख प्रतिस्पर्धी र चुनौतीका रुपमा देखापर्न सक्ने एमाले र रास्वपा दुवै शक्ति संगठन सुदृढिकरणमा र स्वयं प्रचण्डसमेत शशक्ति विस्तारमा लाग्दा कांग्रेस भने कानमा तेल हालेर बसेकोे छ । जसले सत्तामा कांग्रेसको हालत देखाँउदा कांग्रेसको केन्द्रीय समिति बैठक नबसेको एक वर्ष पुग्न लागेको छ । दुई–दुई महिनामा बस्नुपर्ने वैठकमा यो स्थितीमा स्थानीय तहको चुनावी समीक्षा गरेको कांग्रेसले संघीय चुनावको समीक्षा गर्नसमेत आवश्यक ठानेको छैन ।

पार्टीमा रुपान्तरणका लागि दवाव बढाउन महामन्त्रीहरुले राजिनामासम्मको धम्की नै दिदा समेत देउवा वालकृष्ण खाँण जस्ता अनियमिततामा जोडिएका नेतालाई निलम्बन गर्न समेत अघि सरेका छैनन् । अर्का केन्द्रीय सदस्य टेकबहादुर गुरुङ विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसक्दा पनि उनीमाथि पार्टीले कारबाही गरेको छैन अर्थात पार्टीको छवी डामाडोल हुँदा पनि सभापति देउवा मौन छन् ।

पार्टीभित्र गुम्दै गएको विश्वास, खुम्चिएको शक्ति र जनताको विकर्षणहरूको बारेमा छलफल गर्न नेतृत्व पन्छिएको छ । भ्रष्टाचार, सुशासन र जनसरोकारका विषयमा पार्टी मौन छ ।जसले अहिले नै पनि नयाँ उलारले पार्टी दवावमा परिरहेको यर्थाथका बीच आगामी दिनमा आफू जस्ता युवा नेताहरुको भविष्य खतरामा पर्ने डरमा गगन थापा लगायत नेताहरु छन । फलत ः थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताएका छन् ।

एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरु एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताउन थालेका छन् । तर यो विचमा आगामी महाधिवेशनमा आफू सभापती नहुने देउवाको उद्घोषले केहि फरक मत राख्दै आएका डा.शेखर कोईराला समेत उतै लपक्क बनेका छन । यहि संक्रमणमा खेल्दै गगन फकाउने र देउवा फकाउने रणनितिले सभापती बन्ने सपना कोईरालाले देख्न थाल्दा राजनीतिक विश्लेषकहरु भने यहि अवस्था रहे कांग्रेसले आगामी दिनमा व्यहोर्ने क्षति सोचे भन्दा भयावह हुनसक्ने चेतावनी दिईरहेका छन ।

यो विचमा पुस्तान्तरण र रुपान्तरण भन्दै देशव्यापी अभियानमा गएको समुहले समेत केन्द्रीय समितिको वैठक माग गर्दै नीति महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तैभताभुङ विभाग र भातृसंगठनलाई चुस्तदुरुस्त पार्नु पनि उत्तिकै आवश्यक छ । तर देउवा भने तरुण दलमा ४ सय जना मनोनित गरेर अर्को जग हसाईमालागेका छन् । यहिविचमा अव गगन थापा समेत देश दौडाहामा जाने तयारीमा छन । यद्यपी यो धम्काउने र हत्याउनेभन्दा माथि नउठ्ने सम्भावना नै बढि छ । जसले कांग्रेस सुध्रिनेभन्दा उल्टो बाटो तर्फ अघि बढेको प्रष्ट छ ।