काठमाडौँ — अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्व विद्यालयले आउँदो सेमिष्टरदेखि यन्त्र मानव अर्थात् रोबटलाई एउटा कक्षा पढाउन दिने तयारी गरेको छ । कृत्रिम विद्वता (एआई–आर्टिफिसिएल इन्टेलिजेन्स) लाई आफ्नो पाठ्यक्रममा समाहित गराउने सो विश्वविद्यालयको निर्णयअनुसार कम्प्युटर कोडिङको एउटा कक्षा रोबटले चलाउने भएको हो । रोबोट एक प्रकारको मानव निर्मित यन्त्र एवम् कम्प्युटर प्रोग्राम हो, जसलाई हेर्दा लाग्छ यस यन्त्रभित्र जीवन छ ।
रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउनको लागि गरिएको हुन्छ । रोबोटको सफ्टवेयरमा जे–जे कार्यक्रमहरु समावेश गरिन्छ, रोबोटले त्यही–त्यही काम गर्न सक्छ । रोबोटलाई जे–जे बोल्नलाई प्रोग्राम गरिन्छ, रोबोट त्यही–त्यही बोल्न सक्छ । रोबोट हिड्न सक्छ, लेन्स जस्तो आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छ । अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् । अहिलेका आधुनिक रोबोटहरुले भने मानिसले गर्न नसक्ने जटिल कार्यहरु समेत गर्न सक्छन् । पछिल्लो समय अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्व विद्यालयले आउँदो सेमिष्टरदेखि यन्त्र मानव अर्थात रोबटलाई एउटा कक्षा पढाउन दिने तयारी गरेको छ ।
कृत्रिम विद्वता एआई–आर्टिफिसिएल इन्टेलिजेन्सलाई आफ्नो पाठ्यक्रममा समाहित गराउने सो विश्व विद्यालयको निर्णयअनुसार कम्प्युटर कोडिङको एउटा कक्षा रोबटले चलाउने भएको हो । सन् २०२२ को नोभेम्बर महिनाबाट सुरु भएको आफैँले सोचेर उत्तर दिनसक्ने च्याट जीपीटी कम्प्युटर प्रोग्रामजस्तै विद्यार्थीलाई कोडिङको ज्ञान सिकाउन उक्त विश्व विद्यालयले रोबटको प्रयोग गर्ने जनाएको छ । हार्वर्डको अत्यन्तै रुचाइएको कम्प्युटर प्रोग्रामिङको कक्षा सीएस ५० को कक्षामा रोबटको प्रयोग गर्ने सुरसार भएको छ ।
उक्त विषयका प्राध्यापक डेभिड जे.मलनलाई उधृत गर्दै प्रकाशित समाचारका अनुसार यस्तो व्यवस्था गर्दा प्रत्येक विद्यार्थीका लागि एक शिक्षक प्राप्त भए सरह हुने र हरेक विद्यार्थीले आफ्नो क्षमता र रुचि अनुसार प्रगति गर्नसक्ने छन् । पछिल्लो समय प्रविधिले मानिसहरुको रोजगारी संकटमा पार्दै गएको र यसले समग्रमा मानव सभ्यतामाथि नै प्रश्न चिन्ह उठाएको छ । खासगरी अत्याधुनिक रोबोटहरुले मानव श्रमलाई विस्थापित गर्ने र मानिसहरुको रोजगारी खोस्ने चिन्ता समते भैइरहेको छ ।


प्रतिक्रिया