काठमाडौँ — समस्याग्रस्त बन्दै गएको देशको अर्थतन्त्रबारे संसदीय समितिमा समेत छलफल चर्किएको छ । अर्थतन्त्र थप धरासायी बन्दै गएको समयमा पनिअर्थमन्त्री डा. प्रकाशशरण महत मुलुकको अर्थतन्त्र चलायमान भएको दाबी गर्छन् । तरअरु सांसद र सरोकारवालाहरु भने अर्थमन्त्री महतको बोलीमा लोली मिलाउन तयार छैनन् । मुलुकको अर्थतन्त्र पछिल्लो समय सङ्कटग्रत अबस्थामा गुज्रिरहेको छ ।
अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा प्रायः जताततै नकारात्मक टिप्पणीसुनिन्छ । अझै पनि नेपाली अर्थतन्त्रले थुप्रै चुनौती र जटिलतासँग जुध्न परिरहेको देखिन्छ । अर्थतन्त्र जतिसुकै जटिल र कठिन अवस्थाबाट गुज्रिँदा पनि पूर्ण रूपमा धराशायी हुनबाट भने जोगिएको देखिन्छ । अस्थिर राजनीति, सीमा नाकामा अवरोध, कोभिड–१९को महामारी, विश्वव्यापी आर्थिक मन्दीलगायत कारण देशको अर्थतन्त्र थप धरासायी बन्दै गएको हो ।
तर अर्थमन्त्री डा. प्रकाशशरण महत भने आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने दाबी गर्छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गरे ।
अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको भनेर अर्थमन्त्री महतले भनिरहँदा उनकै पार्टीका नेताहरु भने यसलाई मान्न तयार छैनन् । प्रतिनिधिसभा सदस्य एवम्उद्योगीविनोद चौधरीसरकारको राजश्व संकलनको अवस्था डरलाग्दो अवस्थाबाट गुज्रिरहेको बताउँछन् । उनले असार १७ गतेसम्म ९ खर्ब रुपैयाँ बराबरको मात्रै राजश्व संकलन हुनु र सरकारको साधरण खर्च १० खर्ब रुपैयाँभन्दा बढी हुनु गम्भीर स्थिति भएको दाबी गरे ।
सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेकोमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले पनि अहिलेको अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्छन् । सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको उनी बताउँछन् ।संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको उनको आरोप छ ।
उनले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब रुपैयाँ मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए ।नेपालको अर्थतन्त्र केही महिनादेखि थप समस्याग्रस्त बन्दै गईरहेको छ । थेग्नै नसक्ने उच्च आयतका कारण पनि देशको अर्थतन्त्र सुधारका लागि निक्कै मिहेनत गर्नुपर्ने देखिन्छ । देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर शोधनान्तर स्थितिसमेत इतिहासमै उच्च घाटामा पुगेकोले अर्थतन्त्र सुधारको अहिलेकै रफ्तार अपर्याप्त हुन सक्छ ।
प्रतिक्रिया