Breaking

लुम्बिनी प्रदेश: एमालेले गर्‍यो बजेटमाथिको छलफल बहिस्कार


काठमाडौँ — नेकपा एमालेले राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालयहरु खारेज गरेको भन्दै बजेटमाथिको छलफल बहिस्कार गरेको छ । मंगलबार आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमाथि छलफलका लागि बोलाइएको बैठक एमालेले बहिस्कार गरेको हो ।

प्रदेशसभा बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठेर विरोध जनाए । प्रदेशसभा बैठक बहिस्कार गरेर एमाले प्रदेशसभा सदस्यहरु नाराबाजी गर्दै बाहिरिएका थिए । त्यसपछि एमालेले प्रदेशसभा संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी निर्देशनालयहरु खारेजी फिर्ता र क्रमागत योजनामा बजेट नराखेसम्म चुप नबस्ने बताएको छ ।