विदेश

पढ्न मन नलागेको भन्दै छात्राले गरिन् आत्महत्या


काठमाडौँ — भारतको दिल्लीस्थित् द्वारकामा कक्षा ९ अध्ययनरत एक छात्राले विद्यालय भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन् । आफूलाई पढ्न मन नभएको र यसकारण आत्महत्या गरेको उनको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ५ बजे १४ वर्षीया छात्राले द्वारका सेक्टर–१६ स्थित विद्यालयको स्टाफ क्वाटरबाट हाम फालेकी हुन् । दिल्ली प्रहरीले प्राप्त गरेको एक सुसाइड नोटमा लेखिएको छ, मलाई पढ्न मन नभएको कारण यो कदम चालेकी हुँ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।