देश

खाँदवारीमा ट्राफिक सप्ताह सुरु


काठमाडौँ — सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय खाँदवारीले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । संखुवासभाका जिल्ला सवन्वय प्रमुख सुमन शाक्यले एक कार्यक्रम विच ट्राफिक सम्बन्धी जनचेतनामुल्क सन्देश प्रबाह गर्दै ‘ट्राफिक सप्ताह २०८०’ शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लेसवारी दुर्घटना न्यूनीकरणका लागि यात्रु र चालक दुबै सचेत हुनुपर्ने बताउनुभयो ।

आजदेखि सुरु भएको अभियान असार २५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा ‘मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, जेव्राक्रसबाट बाटो काट्ने यात्रीलाई प्राथमिकता दिऔँ’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरि समेत गरिएको थियो । खाँदवारीको टुडिखेल बाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

प्रभातफेरिमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, सरकारी निकायका प्रमुख लगायतको सहभागीता थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद गोदारले यो सप्ताहमा ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने लगायत काम गरिने जानकारी दिनुभयो ।