Breaking

राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौँ – संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवनमा बैठक आज दिउँसो १ बजे शुरु हुनेछ ।

आजको बैठकमा चार वटा मन्त्रालय विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयल जनाएको छ ।

जसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।