Breaking

हौसिए प्रचण्ड, एमालेका भ्रष्टाचारी निसानामा, माओवादीसँग डरायो कांग्रेस, दोहोरो रणनीति कहिलेसम्म ?


काठमाडौँ — अस्थिर संसदीय धरालतका बाबजुत रणनितिक रुपमा अघि बढिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले तह लाउने बाटोमा अघि बढेका छन । एकपछि अर्को कदममा सफलता हात पार्दै हौसिएका उनले कांग्रेस फकाउँदै गठबन्धनभित्रै मिनि गठबन्धनको अभ्यास गरिहँदा गुटलाई समेत फकाउन भ्याएका हुन । जहाँ देउवा चुपचाप देखिदा प्रचण्ड पनि कांग्रेसप्रति नरम नै बनेर अघि बढ्ने चालवाजीमा अघि बढेका हुन । सत्तामा पनि वलियो बन्ने र संगै कम्युनिष्ट घटक समेत निर्माण गर्ने दोहोरो बाटोमा हिडेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसैबाट एमाले पेल्ने रणनितिमा छन ।

फलत ः सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसलाई नचिढ्याउने बाटो तय गरेका उनले कांग्रेसंगको आफ्नो सम्बन्धको महत्व सार्वजनिक अभिव्यक्तिबाटै पुष्टि गर्न थालेका हुन । समाजवादी मोर्चा बनाएपछि कांग्रेस चिढिने र एमालेसंग मिलेर नयाँ समिकरण निर्माण गर्ने त हैन भन्ने चर्चाका वीच प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताईरहो छन् ।

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हाँसिल भएको भन्दै सम्बन्धको महत्व दर्साउन खोजेका उनले कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्नेसम्म भन्न भ्याएका छन् । गठबन्धननिर्माणबाटै चुप बसेका सभापती शेरबहादुर देउवाबाट कुनै खतरा नदेखेपनि ईतर गुटले च्याप्न सक्ने बुझेका उनले गगन थापाकोसमेत मुख बन्द गर्ने रणनीतिमा छन् ।

जहाँ यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको भन्दै आफ्नो अस्थिरतालाई प्रमाणित गर्न खोजेका उनी कांग्रेसकै छातामा बसेर समाजवादको सपना देखाँउदै कम्युनिष्ट पनि भुलाउने र त्यो केहि पनि हैन भन्दै कांग्रेस पनि भुलाउने दोहोरो खेल खेलिरहेका छन ।अहिले फेरि नेकपा व्युताउने हल्ला चलाएर कांग्रेसलाई वेला वेला तर्साउने सन्तुलनको राजनीति गर्नसमेत प्रचण्ड पछि परेका छैनन् ।

तर मोर्चामा समेट्नु नै पर्ने कम्युनिष्टको ठुलो घटक एमालेप्रति भने प्रतिस्पर्धा र शत्रुतापूर्ण व्यवहार देखाएका उनी कमजोर भएकै समयमा पेल्ने दाउमा छन् । यसैको उदाहरण बाँकि रहेको कोशीमा पनिबरु राप्रपालाई बोकेर एमालेलाई सत्ताविहिन बनाउने प्रधानमन्त्री प्रचण्डको चाहना छ । यसले राप्रपा समेत यहि व्यवस्थामा समाहित भएको अर्थपनि लाग्ने र ओलीमाथि दबाब पनि बढ्ने अपेक्षा उनको छ ।

माधव नेपाल र बाबुराम भट्टराईलाई एक खालको साईजमा ल्याउन सफल उनले जनमतलाई समेत सकारमा ल्याएर जसपालाई चस्का दिने तयारीमा लागेका छन् । उनले अन्य भ्रष्ट्रचारको फायल खोल्ने समेत तयारी गरेका छन । जसले ओली अझ कमजोर बन्ने स्थितीको विश्लेषण गरिँदा बजेट नै पास गर्न नदिने बताएका माधव नेपाल पनि ललितानिवास प्रकरणपछि नरम सुनिन थालेका छन । फलत ः जनताको जीवनलाई सुखी बनाउने जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका उनले त्यसका लागि अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा प्रयास गरिरहेको भन्दै प्रशंशा नै गरेका छन ।

हुन त कांग्रेसको छत्रछायाकैविच त्यो पनि गैर कम्युनिष्ठ र कम्युनिष्ट मिसिएको तथा संसदीय प्रणाली नै नमान्ने समेटिएको मोर्चा नै वार्गेनिङको अश्त्रमात्र भएको एकाथरीको विश्लेषण छ । जहाँ हुन पनि ६० प्रतिशत कम्युनिष्ट भएकै नेपालमा शक्तीमा भने कांग्रेस रहँदै आएको छ ।

अहिलेको स्थितीमा पनि प्रचण्ड र ओली दुवै एकै छातामा अट्नपनि नसक्ने अनि अलिक ठुलो घटक एमाले नै कमजोर हुने अवस्थामा कम्युनिष्टहरुलाई भने चिन्ता थपिदिएको छ । त्यस्तै आफ्नो उफ्राई भ्यागुताको भन्दा ठुलो हुन नसक्ने अवस्था स्वयम प्रचण्डले समेत बुझेका छन । यद्यपी यसले एमाले लच्किने र कांग्रेस झस्किने अवस्थाले भने उनलाई हौसला बढाईदिएको छ ।