देश

‘टिच फर नेपाल’को फेलोसिप आवेदन खुला


काठमाडौँ — टिच फर नेपालले वर्ष २०८०–२०८३ का लागि ‘टिच फर नेपाल फेलोसिप आवेदन’ खुला गरेको छ। शनिवार आयोजित ‘वाकथन’ कार्यक्रम समापनसँगै आवेदन खुला गरिएको हो ।विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण भएकाहरुले आवेदन दिन सक्छन । छनोट भएकालाई तालिमपछि अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषयमा अध्यापन गराईनेछ ।
हाल विभिन्न पाँच वटा जिल्लाका ३० वटा सामुदायिक विद्यालयमा अभियान चलिरहेको छ । जहाँ ७० जना प्रज्ञार्थी कार्यरत छन् । यो अभियानमार्फत झण्डै ८ हजार विद्यार्थी लाभान्वित हुनेछन् ।

‘टिच फर नेपाल’ ले सामाजिक रुपान्तरण अभियान अन्र्तगत गुणस्तरीय शिक्षाको लागि अभियान सञ्चालन गर्दै आएको टिच फर नेपाल फेलोसिप अन्तर्गत ४ सय बढी युवाहरु फेलोसिप प्राप्त गरिसकेका छन् । अभियानअन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका ग्रामीण भेगमा रहेका विभिन्न सार्वजनिक विद्यालयमा काम गर्नुपर्ने हुन्छ । नेपालका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोगपुर्याउने मुख्य उदेश्यसहित टिच फर नेपालले यो अभियान सञ्चालन गर्दै आएको छ । इच्छुकले https://www.teachfornepal.org मार्फत आवेदन भर्न सक्ने छन् ।