Breaking

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔं : गगन थापा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको हो ।

महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताउनुभयो । उहाँले कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताउनुभयो । उहाँले उच्च प्राथमिकतामा राखेर ससदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न नसकेको बताउनुभयो ।

महामन्त्री थापाले सरकारले बजेटमार्फत विद्यालय पूर्वाधारमा छुट्याएको रकम कम भएको उल्लेख गर्नुभयो ।