Breaking

ललिता निवास प्रकरणमा बालेनको इन्ट्री, भुमाफियाको भागाभाग (भिडियोसहित)

सिआईबीको निशानामा भिआईपी


काठमाडौँ – काठमाडौँ महानरपालिकाका मेयर बालेन शाहले यतिबेला बोल्यो कि पोल्यो भन्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय राजनीतिमा भुकम्प ल्याएको ललिता निवास जगाा हिनामिजा प्रकरणमा नगर प्रहरीलाई तारघेराबेरा गर्न निर्देशन दिएसँगै बालेन थप चर्चामा आएकाछन् ।

बहुचर्चित बालुवाटार जग्गा प्रकरणमा जेलिएर भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसहित तत्कालिन मालपोत अधिकृतहरु हिरासतमा पुगेका बेला उनै भुमाफियाहरुले हजम गरेको जग्गामा काठमाडौँ महानरपालिकाले तारबार लगाउने भएको छ । नागरिकको मन जित्ने गरी आफ्नो अडानमा अडिग देखिएका मेयर बालेन्द्र शाहले सार्वजनिक जग्गामा तारघेराबेरा गरेर संरक्षण गर्न निर्देशन दिए लगतै महानगरको ठूलो जथ्था आईतबार बालुवाटार पुग्यो ।

अरूबेला डोजर लिएर सडकमा निस्कदा पनि दर्जनको हाराहारीमा देखिने नगरी प्रहरी आज बालुवाटरको जग्गा हेर्न मात्रै सयौंको संख्यामा पुगेको थियो । सरकारी जग्गा किर्तेगरी कर्लप्पै खान्छु भन्ने दाउँ गरेका मीनबहादुर जस्ता ठूला माछालाइ बालेनको यो निर्णयले फेरि एक पटक दाँतमा ढुङगा लागेको छ ।

नागरिकको साथले बलशाली भएका बालेनले आफ्नो क्षेत्राधिकार भित्रको सार्वजनिक सम्पत्तीको सुरक्षा गर्ने जिम्मा महागनरको भएको भन्दै ललिता निवासमा काडेतार लगाउन निर्देशन दिएका छन् । उसै पनि सिआईबीले फाईल पल्टाएपछि हायल कायल भएका भुमाफियाहरुका लागि बालेन थप तगारो भएर निस्किएका छन् । यीनिहरुले अब सार्वजनिक सम्पत्ती हजम गर्न सिआइवी मात्रै हैन, बालेनको अबरोधलाई समेत छिचोल्नु पर्ने छ । जुन असम्भव जस्तै हो । महानगरले ललिता निवास परिसर भित्रका अस्थायी संचरना २४ घण्टा र अन्य संरचना ७ दिन भित्र हटाउन अल्टिमेटम दिएको छ ।

आइतबार अपरान्ह ३ बजेतिर काठमाडौँ महानगरपालिको भेन बहुचर्चित सरकारी जग्गा घोटला काण्डको रुपमा परिचित बालुवाटार स्थित ललिता निवासतिर मोडियो । अरूबेला दुइचार जनाको टोली लिएर खटिने महानगर प्रहरीे आज भने ठुलै दलबल सहित बालुवाटार प्रवेश गर्यो । अवैध रुपमा निमार्ण भएका संरचना हटाउनु महानगरको दैनिकी जस्तो भएपनि हाईप्रोफाइल जोडिएको ललिता निवासमा काडेतार लगाउने विषय अलि फरक थियो । सायद त्यही बुझेरै महानगर प्रहरीको पुरापुर टुकडीनै सामेल देखिन्थो । मीनबहादुर गुरुङको पक्राउसँगै धेरै भुमाफियाले थानकोट काटिसकेका बेला यति ठूलो संख्यामा महानर प्रहरी बालुवाटार पस्दा धेरैको मनमा ढयाङग्रो बज्यो ।

महानगर प्रहरीबाट त्राहिमाम भएका स्थानीयहरु पनि यति ठुलो सङख्यामा किन आयो भनेर बढो चासोको साथ नियालीरहेका थिए । नगरप्रहरीले ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेकै बखत केही स्थानमा आजै किल्ला गाडेको छ । ललिता निवासको सरकारी जग्गामा अहिले पनि धमाधम संरचना निर्माण भईरहेको छ । यसलाई नै मध्यनजर गरेर बालेनले आफ्नो टिमलाई मैदानमा खटाएका छन् । मुद्धा चलेकै बेला दिनमा दुई गुण रातमा चौगुणाका दरले निर्माणकार्य भएपछि महानगर तारबार गर्ने निचोडमा पुगेको हो ।

ललिता निवास जग्गा हिनामिना प्रकरण बर्षौ देखि सतमा आएपनि अहिलेका मेयरले यसलाई प्राथमिकतामा राखेर घेराबेरा गर्न उर्दि जारी गरेकाछन् । तर यसअघिका मेयरले सार्वजनिक सम्प्तीको संरक्षण गर्ने दाहित्व महानगरको हो भन्ने बुझेको भए भुमाफियाहरुले जग्गा पोल्टामा हाल्न पाउदैन थिएकी । दलबलसहित पुगेको बालेनको टिमले तत्काल काम रोक्न निर्देशन दिएको छ ।

ललितानिवास क्याम्पको एक सय ४३ रोपनी जग्गा हिनामिना गर्दा कर्मचारी र बिचौलियाले मात्रै २२ रोपनी १० आना जग्गा घुस बापत लिएकाछन् । राज्यको सम्पतीमा ब्रम्हलुट मच्चाएर औला बाङगो पारेर कमाउँनेमा १० कर्मचारी र दुई बिचौलियाछन् । सरकारको नाममा आइसकेको सो जग्गा नक्कली कागजपत्र बनाएर मालपोत कार्यालय मात्र होइन मन्त्रिपरिषद्लाई समेत प्रभावमा पारी सुवर्णशमशेर राणाका परिवारको नाममा लगिएको थियो । यसरी जग्गा फिर्तामा सहयोग गर्नेलाई राणा परिवारले घुसबापत जग्गा बकस दिएका थिए । सुवर्णशमेशरका परिवारले समेत यसको पुष्टि गरेका छन् । यहि काम गर्ने केही कर्मचारीको अहिले बुढेकालमा हिरासतको बास भएको छ ।