Breaking

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध


काठमाडौँ – अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ ।

राजमार्गको तिनाउ गाउँपालिका–३,का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगासहितको पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

राजमार्ग अन्तर्गत माथागढी गाउँपालिका–१,चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानाएको छ ।

आर्यभन्ज्याङ–राम्दी सडकको रम्भा गाउँपालिका–३, पिपलडाँडा सेरा र लहसुने नजिकै पनि पहिरो खसेको छ । कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा रम्भा गाउँपालिका–२ र ३ को सिमाना सहर्दीखोला पुल नजिकै माथिल्लो भागबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।